प्रतिनिधिसभा विघटनको मुद्दा
संबैधानिक इजालसले माग्यो ४ जना एमिकस क्युरी, वहसका लागि तोकियो १५ घण्टा समय

काठमाडौं । प्रतिनिधीसभा विघटनमा रिट निवेदक विपक्षी गठवन्धनको मागका आधारमा अन्तरिम आदेश नदिई असार ९ बाट नियमित सुनुवाई गर्ने र त्यस अवधीसम्म सरकारलाई लिखित जवाफ सहित अदालत आउन आदेश गरेको संबैधानिक इजालसले मुद्दाको पक्ष र विपक्षमा वहस गर्ने लाई समय निर्धारण गरेको छ ।
राष्ट्रिय महत्वको मुद्दामा धेरै कानुनु ब्यवसायीहरुले वहस गर्न चाहने र धेरै वकिलहरु राख्ने र घण्टौ वहस गरेर समय मात्र लिन सक्ने ठानेर सर्वाेच्च्ले पक्ष-विपक्षका वकिलहरुका लागि वहसका लागि समय निर्धारण गर्ने प्रचलन छ ।
त्यही प्रचलनका आधारमा सर्वाेच्चको संबैधानिक इजालसले प्रतिनिधीसभा विघटनो मुद्धाका पक्ष र विपक्षका वलिकहरुका लागि वहसका लागि समय निर्धारण गरेको हो ।
जस अनुसार, रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।
यस अगाडीको विघटनको मुद्धामा पनि पक्ष-विपक्षका वकिलहरुलाई समय निर्धार।ण गरेर वहसमा सहभागी हुन दिएको थियो ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संबैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय तोकेको हो ।
इजालसले मुद्दामा सहयोगीका लागि ४ जना एमीकस क्यूरी समेत गठन गर्ने भएको छ । त्यसका लागि नेपाल बारसँग २ जना र सर्वाेच्च अदालत बार एसोसिएसनवाट २ जना वकिलहरु माग गरेका छन् । यस अगाडीको विघटनमा पनि इजालसले आफनो सहयोगीका लागि एमीकस ब्यूरी गठन गरेका थिए । त्यसवेला बारबाट ३ जना र सर्वाेच्च बारवाट २ जना गरी ५ जनाको एकीकस ब्यूरी गठन भएको थियो ।
एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउने इजालसले समय तोकेको छ ।
यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन पनि संवैधानिक इजलासले आदेश दिएको छ ।
इजलासले सात दिनभित्र म्याद थाम्न नपाउने गरी २०७८ जेठ ७ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय, प्रधानमन्त्री प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल ७ दिनभित्र झिकाउने आदेश गरेको हो।
त्यस्तै, ुइजलास कक्षभित्र रिट निवेदकमध्येबाट एकपटकमा अधिकतम् पाँच जना, कानुन व्यवसायीहरू बढीमा तीन जना, सरकारी वकिल बढीमा तीन जना र अन्य प्रत्यर्थीहरूमध्येबाट एक पटकमा बढीमा २र२ जना कानुन व्यवसायीलाईमात्र इजलास कक्षभित्र प्रवेश गर्ने व्यवस्था गर्न पनि अदालतले भनेको छ ।
सर्वोच्च अदालतको प्रागंणमा बहस हेर्न मिल्न व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन पनि अदालतले गरेको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया