मंगलबार, मंसिर २, २०८२

जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

मेरोन्यूज २०८२ मंसिर १ गते १९:५२

न्युयोर्क क्विन्स। जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा एक वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

न्यूयोर्क क्विन्सस्थित उडसाईड्समा रहेको आफ्नै कार्यालय हातामा न्युयोर्क ब्लड सेन्टरसँग सहकार्यमा फाउन्डेशनले रक्तदान कार्यक्रम गरेको हो । विहान ११ बजे शुरु भएको सो कार्यक्रम साँझ ६ बजेसम्म भएको थियो।

अनलाईनमार्फत ९२ जनताले सह-भागीताको लागी स्वीकृति लिएकोमा विविध कारणवश केही उपस्थित हुन नसकेको र केही महानुभावहरुको स्वास्थ्यजाँचका शीलशीलामा सफलता हुन नसक्दा ६१ जनाले रक्तदान गरेका थिए ।

फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे र कार्यसमितिका पदाधिकारीहरु क्रमश: उपाध्यक्ष सुबर्ण लामा,राजेस आचार्य, प्रेम अधिकारी क्षेत्री, सुर्य सिंमखडा, फुदोमा शेर्पा, हिरा तामाड॰ एवं स्वयंसेवकहरु क्रमश: शेखर कार्की, टेक कार्की, लाक्पा जी शेर्पा, आड॰तुला शेर्पा गुरुड॰, डा. रमेश चित्रकार, राजु रौनियार लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।

यसैगरी न्युयोर्क सिटी मेयरको कार्यालयबाट दक्षिण एसियाली सम्पर्क निर्देशक शुकरानी धनपत, न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयबाट सामुदायिक सम्पर्क अधिकारी Michael Hsieh,, NYC Comptroller elect Mark Levine’s transition team member and district leader Dilip Nath, United Nations Religious Committee Secretary General H.H. Dileepkumar Thankappan, International Museum of Saree Founder President Ashwini Persaud, Famous International Saraangi player Ustad Kamal Sabri, पाकिस्तानी अमेरिकन सोसाईटीका नेता अनवर मोहम्मद, धाधिड समाज अमेरिकाका अध्यक्ष टक रुवाली, एनआरएनए अमेरीकाका उपाध्यक्ष मिन खडका, समाजसेवी एंव राजनितीज्ञ द्वय गोमा सेन, अनीता परीयार, समाजसेवीहरु क्रमश: रुकमीनी भट्टराई, केशब राम राई, उमा तामाड॰, फेत फाईनेनसियलकी ऐन्सी मथाई, एनआर एनए-आई सिसिका नेता समाजसेवी नविन सेरचन लगायतहरुको उपस्थित रहेको थियो।

फाउण्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेले आफुहरुले कोरोना कहरदेखी हालसम्म सयौं कार्यक्रमहरु सफलतापुर्वक गर्दै आएको र रक्तदान कार्यक्रम प्रथमपटक गर्नलाग्दा कहीँकतै अपेक्षीत सफलता र लक्ष्यअनुसार गर्नपो सकिंदैंनकी भनी चिन्तीत रहेकोमा आफुले सोचे भन्दा अझै उत्साहपूर्ण सहभागितामा कार्यक्रम भव्यतासाथ सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहभागी एवं सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे।

उपाध्यक्ष शुवर्ण लामाले गिरीजा वावुको भनाईलाई स्मरण गर्दै, सहमती, सहकार्य र एकता आजको आवश्यकता भएको र हामी प्रवासमा बसेर प्रथमत यहाका मानिसहरुलाई के कसरी सर – सहयोग गर्न सकिन्छ, सेवा नै धर्म हो भनेर हामीले बिभिन्न कार्यक्रम गर्दै आएको र आजको रक्तदान कार्यक्रम समाजमा एक उदाहरणीय कार्यक्रम भएको जिकीर गरे।

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले आफुलगायत फाउन्डेशन परीवारले न्युयोर्क ब्लड सेन्टरसँग कार्यक्रमको टुंगो लगाएपछि निरन्तर समाजका ईच्छुक र योग्य रक्तदाताहरुसँग सम्पर्क र संवाद गरी खटीनुको परीणाम नै आजको रक्तदान वृहतरुपमा सम्पन्न भएको बताउदै आगामी दिनहरुमा पनी फाउन्डेशनले समाजका लागी मानवीय कार्यमा अझ सकृय भुमीका निर्वाह गर्ने प्रष्ट पारे।

रक्तदान कार्यक्रमका संयोजक ध्रुव कुँवर क्षेत्रीले गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको प्रथम पटक रक्तदान कार्यक्रम भव्य र सभ्य रुपले सफलता पुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै रक्तदाताहरु, स्वयंसेवकलगायत सबैमा आभार व्यक्त गरे ।

प्रतिक्रिया