प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार हुँदै, साढे ७ बजे सपथ
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । अहिले साँझ साढे ७ बजे मन्त्रीहरुलाई सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ ।
जसपाभित्रको विवादले पार्टी विभाजनतिर अगाडि बढेपछि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई साथ लिएर अहिले उनले सत्ता गठबन्धन चलाउन लागेका हुन् । मन्त्रालय टुक्राएरै उनले सत्ता सहयात्राका लागि कांग्रेस र माओवादीलाई भित्र्याउन लागेका हुन् ।
कांग्रेससँग मन्त्रालय भागबन्डा टुंगिएको छ । अहिले साढे ७ बजे सपथ कार्यक्रम राखिएको कांग्रेस प्रदेश २ का सांसद जीवनाथ चौधरीले मेरो न्यूजलाई जानकारी दिए ।
कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनेछ । कांग्रेसले भाैतिक पूर्वधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपनी मन्त्रालय र महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालय पाउने भएको छ । भौतिकमा दल नेता रामशरोज यादव मन्त्री बन्ने टुंगो लागेको छ । आकांक्षी बढी भएकाले अन्य दुई वटा मन्त्रालयमा कसलाई पठाउने भन्नेमा नेताहरुका बीचमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार कांग्रेसबाट मन्त्री हुने ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह पनि हुन् । पर्साबाट निर्वाचित शर्मालाई ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाहीबाट निर्वाचित सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।
माओवादीले पनि आजै सरकारमा मन्त्री पठाउन सक्नेछ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया