काेराेना महामारी
बढी मात्रामा भारत निर्यात हुँदा नेपालमा पारासिटामोल पाउनै मुस्किल
औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल भन्छन्– ४५ दिनमा डेढ करोड ट्याब्लेट सिटामोल सकियो ।

काठमाडौैं । सामान्य ज्वरो आउँदा प्रयोग हुने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । नेपालमा उत्पादन भएको पारासिटामोल भारत निकासी हुँदा यहाँ अभाव देखिन थालेको हाे । अहिले भारतमा पारासिटामोल अभाव रहेको छ ।
औषधि आर्यातकता संघ, औषधि उत्पादक संघ र औषधि व्यवस्था विभागले पारासिटामोल सहजै रुपमा नपाइएको स्वीकार गरेका छन् ।
औषधि उत्पादक संघ उपाध्यक्ष सन्तोष बरालले नेपालमा उत्पादन भएको पारासिटामोल भारतमा व्यापारी निर्यात हुँदा समस्या देखिएको बताए । अहिले पारासिटामोल बनाउन चाहिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजारमा अभाव छ । ‘नेपालमा पारासिटामोल सस्तो छ, भारतमा अभाव हुँदा व्यापारीहरुले भारत निर्यात गर्दा अहिले नेपालमा अभाव देखिएको हो’, उनले भने ।
नेपालमा पारासिटामोलको मूल्य प्रतिट्याब्लेट १ रुपैयाँ पर्छ भने भारतमा १.८२ पैसा पर्छ । उनले भने, ‘नेपालमा उत्पादन भएका पारासिटामोल सीमा नाकामा बसेका आर्यात र नियार्तकताले भारत लैजाने गरेका छन् ।’ नेपालमा वार्षिक साढे ७ करोड ट्याब्लेट पारासिटामोल उत्पादन हुने गरेको छ । बरालले भने, ‘पछिल्लो ४५ दिनमा मात्र डेढ करोड प्रतिट्याब्लेट पारासिटामोल उत्पादन भए पनि अहिले सबै सकिएको छ ।’
सरकारले मूल्य समायोजन गरे नेपालमा उत्पादन हुने पारासिटामोल बाहिर नजाने उनको तर्क छ । भारतमा रहेको सिटामोलको मुल्य बराबर मूल्यमा सामायोजन गर्न स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई अनुरोध गरिएको उनले बताए । शुक्रबार ६० लाख ट्याब्लेट पारासिटामोल बजारमा पठाउने तयारी रहेको उनले जानकारी दिए ।
त्यसमध्ये ५० लाख ट्याब्लेट पारासिटामोल व्यापारीले भारत लैजाने उनको आशंका छ । संघका अनुसार सन् २०२० मा विदेशबाट २० लाख ट्याब्लेट पारासिटामोल आयात भएको थियो ।
गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधि आयातमा सहजीकरण गर्न माग गरेको थियो । औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले अहिले बजारमा पारासिटामोल सजिलै पाउन छाडिएको बताए । उनले भने, ‘फार्मेसीमा पारासिटामोल किन्न जाँदा सजिलै पाइँदैन् ।’
अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलको कच्चा पदार्थको मूल्य अकासिएको छ । पछिल्ला केही समयदेखि उत्पादकर्ताले १३ वर्षअघि नै तोकिएको मूल्यमा पारासिटामोल बिक्री गर्न नसकिने भन्दै मूल्य समायोजन गर्न सरकारलाई दबाब दिँदै आएका छन् । यद्यपि, कोरोना महामारीको समयमा सिटामोलको मूल्य नबढेको उनको भनाइ छ ।
‘कोरोना महामारीको समयमा सिटामोलको मूल्य बढाउन हुदैन् । यो समयमा सरकारलाई सहयोग गर्नुपर्छ’, उनले भने, ‘अहिलेसम्म त कुनै पनि औषधिको मूल्य बढेको छैन् ।’
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले आयात, उत्पादन र मौज्दातमा समस्या देखिँदा पारासिटामोल सहजै पाउन नसकिएको स्वीकार गरे । ‘एउटा फार्मेसीमा खोज्दा भेटिन छाडेको छ, दुई वा तीन वटा फार्मेसीमा खोज्दा माात्र भेटिन्छ’, उनले भने, ‘घरघरमा अनावश्यक मौज्दात गर्दा र फार्मेसीलाई एकै व्यक्तिलाई धेरै सिटामोल नदिन भनेका छौँ ।’
विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् । नेपालमा मात्र १६ कम्पनीले पारासिटामोल उत्पादन गर्दै आएका छन् । ४६ कम्पनीले विदेशबाट पारासिटामोल आयात गरी बिक्री गर्न विभागबाट अनुमति लिएका छन् ।
१५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत कोभिडमा प्रयोग हुने औषधिमा भन्सार छुटको व्यवस्था गरिएको बताएका थिए । उक्त व्यवस्था छिटो कार्यान्वयनमा ल्याउन आर्याकताहरुले माग गरेका छन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया