एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० हजार भत्ता

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ ।
खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो । यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु पाँच हजार र टी २० प्रतियोगितामा रु तीन हजार पाउनेछन् ।
खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु पाँच सय भत्ता पाउने क्यानले जनाएको छ ।
क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेकाे थिए ।













जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया