सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री

काठमाडौं । वागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत एक करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वागमती सरकारले दिएको दुई करोडमा एक करोड अपुग भएकाले एक करोड १८ लाख रुपैयाँ बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वागमती प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेश सभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए ।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज हुने उनको भनाइ छ ।
कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको छ ।
सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराएको बताए ।
दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो ।
सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टर
काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरमा प्रस्तावित सुशील कोइराला मेमोरियल अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गरिएको छ । प्रदेश सभा सदस्य श्रेष्ठको सक्रियतामा आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।
सेन्टरमा महानगरपालिकाको वडा नं. १०, ११ र २९ का कोरोना सङ्क्रमितलाई राखिने छ । यस क्षेत्रमा कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बस्नेलाई पनि अस्पतालका तर्फबाट नर्सिङलगायत चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालका कार्यकारी निर्देशक डा. रूपनारायण शाहले बताए ।
आइसोलेशन सेन्टरलाई व्यवस्थित बनाउन वडा नं. १० का अध्यक्ष रामकुमार केसी, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार लगायत वडा सदस्य, समाजसेवी एवं बुद्धिजीवीले पनि सहयोग गर्ने गरी सहयोग समितिसमेत बनाइएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया