सुदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज
मेरोन्यूज
२०७८ जेठ २७ गते ९:२७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।
अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जाएको छ ।
बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ ।
राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।
संशोधित अध्यादेशमा आगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन ।
प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सातै प्रदेश सोही अनुसारको तयारमिा जुटेका छन् ।
सम्बन्धित
प्रतिक्रिया