नायिका निशाको नर्भिक अस्पतालले नि:शुल्क उपचार गर्दै

काठमाडौँ । नायिका निशा घिमिरको ब्रेन ह्यामरेजको नर्भिक अस्पताल काठमाडौँले निशुल्क उपचार गरिरहेको छ । भारत सवारी दुर्घटनामा परेपछि उनलाई ब्रेन ह्यामरेज भएको थियो । भारतमा उपचार गर्दा खर्च धान्न नसकेपछि उनका परिवारले एम्बुलेन्सबाट नेपाल ल्याएको थियो ।
सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विर भाइरल भएकाले म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले निशाको पितालाई १० हजार रुपैयाँ सहयोग गर्नुका साथै सहयोगको अभिान सुरु गरिएको छ ।
सामाजिक उत्तरदायित्वलाई ग्रहण गर्दै नर्भिक अस्पतालले निःशुल्क उपचारका लागि अस्पतालमा भर्ना गरेको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेगा चौधरीले जानकारी दिइन् ।
मेरोन्यूजसँग कुरा गर्दै उनले भनिन्, “हस्पिटलले व्यापार नभएर सेवा गर्ने हो । हुनेबाट सेवा बाफत खर्च लिने र नहुनेलाई समाजिक रेस्पोन्सिबिलीटीमा सहभागि भएको उदाहरण हो । नायिका निशालाई छिट्टै निको हुनेछ । नर्भिकको टिम लागेको छ । भगवानसँग प्राथना पनि गरौं । निशाको आमाको पुकारले पनि उपचार अभियान पूरा हुनेछ ।”
निशाको अवस्था देख्दा निशाका फ्यानहरु भावुक भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कोरोना र उपचारका क्रममा असहजकता हुने भएकाले कसैलाई पनि भेट्न दिइएको छैन ।
वास्तवमा भन्ने हो भने मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा नभएको निशाको समस्याले देखाएको छ । चर्चित नायिका बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् ।
उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा रहेकी निशाको नर्भिक अस्पतालले उपचार गरिरहेको छ ।
निशाले एक नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छन् ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया