इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने

मङ्गलबारे (इलाम) । डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौँ इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो । त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफि प्राप्त गरे ।
विजेता टोली एनआरटीले यही वैशाख १२ गते शनिबार मच्छिन्द्र फटबल क्लबसँग प्रतिष्पर्धा गर्ने छ । विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छन् । प्रतियोगितामा आठ टोली सहभागी थिए ।
















चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया