आइतबार, फागुन १०, २०८२

विश्वका धनाढ्या जेफ बेजोस, एलन मस्कसहित दर्जनौँले तिरेका थिएनन् कर

मेरोन्यूज २०७८ जेठ २८ गते १४:५१

काठमाडौँ । विश्वका धनी व्यक्ति तथा अमेजन कम्पनीका सिइओ जेफ बेजोस, टेस्ला कम्पनीका सिइओ एलन मस्क, ब्लुमबर्गका माइकेल ब्लुमबर्ग तथा वर्कशायर हैथवेका वारेन बफेट जस्ता २५ भन्दा बढी धनाढ्याहरूले कम आयकर तिरेको पत्ता लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

न्युज अर्गानाइजेशन प्रोपब्लिकाका रिपोर्टका अनुसार उनीहरूले कतिपय वर्षहरूमा आयकर समेत तिरेको नदेखिएको जनाइएको छ । यस रिपोर्टका अनुसार सन् २०१४(०१८ का बीचमा अमेरिकाका शीर्ष धनाढ्याहरूले कम धेरै कर तिरेको देखाएको छ ।

अमेरिकी कर एजेन्सी इन्टरनल रेवेन्यू सर्विस ९आइआरएस ०का दस्तावेजमा यी ४ वर्षको अवधिमा कर कम तिर्ने अर्बपतिहरूको कमाई ४६८ खर्ब १६ अर्ब रूपैयाँ आम्दानी गरेका थिए । तर, सोही आम्दानी गरेको समयमा जम्मा करिब १६ खर्ब मात्रै कर तिरेका थिए । जसमा अमेजनका सिइओ बेजोसले सन् २००७ मा सरकारलाई कर नै बुझाएका थिएनन् । सोही वर्ष उनको कम्पनीको शेयर दुई गुणाले वृद्धि भएको थियो ।

यसका अलाबा टेस्लाका कम्पनीका सिइओ मस्कले सन् २०१८ मा सरकालाई कर नबुझाएको पत्ता लागेको छ । सन् २०१४ देखि २०१८ सम्म् उनको सम्पत्ति १७ खर्ब २८ अर्बले बढेको छ । यस्तै, बर्कशायरका सिइओले समेत अत्यधिक कम मात्रै कर तिरेका थिए । उनीहरू जस्तै अमेरिकाका शीर्ष २५ जनाभन्दा धेरै धनाढ्याहरूले कम मात्रामा कर तिरेका थिए । एजेन्सी

प्रतिक्रिया