निषेधाज्ञा उल्लंघनको आरोपमा पक्राउ परेका गुण्डा नाइके लामा छुटे
मेरोन्यूज
२०७८ जेठ २८ गते १५:३९

काठमाडौँ । गण्डकी प्रदेश निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई भेट्न जाँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । उनी पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका थिए ।
प्रहरीले लामासहित ३ जनालाई ३–३ हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सरकारका मन्त्री भएर पनि विपक्षी गठबन्धनमा देखिएका मनाङेलाई भेट्न पुगेका लामा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका अवस्थामा लामा मनाङेसँग भेटमा थिए ।
लामा पक्राउ परेपछि नेपाली कांग्रेसले विरोध जनाएको थियो । उनी राजनीतिमा आउनुअघि गुण्डा गर्दी गरेको आरोप लाग्दै आएको थियो ।
सम्बन्धित
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया