चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

बेइजिङ । चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ । विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् । हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्रान्समा एक लाख १० हजारको ज्यान गएको छ ।
कोरोनाभाइरसको संक्रमणबाट जोगाउन खोप नै सर्वोत्कृष्ठ उपाय रहेको अध्ययनहरुले देखाएका छन् । तर विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियानमा नराम्रो प्रभाव परेको छ ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया