कांग्रेस महाधिवेशन
कांग्रेसको महाधिवेशन मिति फेर्ने तयारी
भदौं १९ गते उदघाटन गर्नेगरी सार्ने, अधिवेशनका कार्यतालिका पनि खुम्च्याइने

काठमाडौं । नेपाली कांग्रेसले पाटीएको १४ औं महाधिवेशनको मिति परिवर्तन गर्ने भएको छ । आगामी भदौ ७-१० मा महाधिवेशनको मिति तय गरेको कांग्रेसले त्यो मिति परिवर्तन गरेर १९ भदौसम्म पुरयाउने तयारी गरेको हो ।
नेपालको संविधान २०७२ अनुसार कांग्रेसले महाधिवेशनको मिति भदौ १९ भन्दा पर सार्न नमिल्ने भएकाले त्यहाँसम्म सारेर अहिले तय भएको आन्तरिक कार्यतालिका खुम्च्याएर चसरी भए पनि महाधिवेशन गर्ने तयारीमा आफूहरू लागेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । त्यससम्बन्धमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठक बोलाएर निर्देशन दिइसकेको र आज बस्ने पदाधिकारीको औपचारिक बैठकले औपचारिक प्रस्ताव बनाएर केन्द्रीय समितिमा पेस गरिने बताए ।
‘कोभिड १९ महामारीका कारण निर्धारित कार्यतालिका अनुरुप काम गर्न सकिएन । पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिका र महाधिवेशनकै मिति पनि १० दिन जति पर सार्ने तयारीमा हामी लागेका छौ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य साउदले मेरोन्यूजसँग भने, ‘आन्तरिक कार्यतालिका पनि खुम्च्याउँछौं ।’
यसअघि, ६ फागुन २०७७ मा कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ मा गर्ने निर्णय गरेको थियो । महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठकले सिफारिस गर्ने र केन्द्रीय समिति बैठकले निर्णय गर्ने साउदले बताए ।
‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको १९ गते उदघाटन गर्नेगरी सार्ने हो,’ साउदले भने ।
यसअघि, कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन कार्यतालिका अनुरुप ५ असारमा वडा, ७ असारमा गाउँ-नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन गर्ने उल्लेख छ । १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका त्यो बैठकले तय गरेको थियो । ती सबै कार्यतालिका परिवर्तन गरिने साउदले बताए ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण अन्तिम सूची केन्द्रमा तोकिएको समय प्राप्त नभएपछि पूर्वनिर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौभित्रै महाधिवेशन गर्नेगरी तयारी गरेको हो ।
पहिलाको महाधिवेशन र अधिवेशन कार्यतालिका यस्तो थियो















तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया