शुक्रबार, वैशाख ११, २०८३

बागमतीमा एमाले एक ढिक्का, नीति तथा कार्यक्रम पास गर्न संयुक्त निर्देशन

मेरोन्यूज २०७८ जेठ २९ गते १२:२६

काठमाडौं । विभिन्न तहमा विभाजित हुँदै आएको सत्तासिन दल एमाले बागमती प्रदेशमा एकढिक्का भएको छ । सर्वाेच्च अदालतले पार्टी एकताका लागि जेठ २ मा फर्किने बातावरण बनाएको र राष्ट्रिय सभा चुनावमा एमाले उम्मेदवार रामवहादुर थापा (बादल)लाई पराजित गराउभन भूमिका खेलेको भन्दै सोधिएको स्पष्टीकरण लिखित रुपमै मुख्यमन्त्री डोरमणि पौडेलले फिर्ता लिएपछि सरकारको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको हो ।

Advertisement
NiccNicc

शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले एक भएर सरकारको नीति कार्यक्रम पास गर्न एमाले एकढिक्का हुने गरी संयुक्त निर्देशन गरेका हुन् ।

यो निर्देशन पछि बागमतीमा सरकारलाई नीति तथा कार्यक्रम पारित गर्न अव बहुमतको समस्या पर्ने देखिदैन । प्रदेश सभामा एमाले एक्लैको बहुमत छ ।

एमालेमा पार्टी एकताको बातावरण बनाउन पनि सरकारको नीति कार्यक्रममा माधव नेपाल प्क्षले पनि साथ दिन लागेको हो ।

प्रतिक्रिया