स्याङ्जाका बस्ती पहिराको जोखिममा

स्याङ्जा । गल्याङ नगरपालिका-३ लल्याङमा रहेको बस्ती पहिराका जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् ।
करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो । पहिरो गएको डाँडाको माथि समथर भूूभाग र उब्जाउपूर्ण जमीनका साथै आँधीखोलाको पानीले सिँचाइको समेत सुविधा भएकाले स्थानीय बासिन्दाले मौसमअनुसारको खेती लगाएर हराभरा बनाएका छन् । यहाँको जमीन धसिदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् ।
स्थानीय युुवा छविलाल भट्टराईले पहिरालाई बेलैमा नियन्त्रण गर्न नसके जोखिमपूर्ण अवस्था आउन सक्ने बताए । विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन भएता पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । बस्तीको दुुवैतिरबाट खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकाले बस्तीभन्दा धेरै तलबाट वरिपरिको पूरै जमीन धस्केको र ठाउँठाउँमा पहिरो निरन्तर गएकाले बस्ती थप जोखिममा परेको हो ।
पहिराका कारण बस्तीको वरिपरि रहेका खेतहरुमा समेत ठूलाठूूला धाँजा फाटेको स्थानीय नेत्रप्रसाद अर्यालले बताए । सो क्षेत्रको जमीन अत्यन्त कमजोर माटाले बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकाले वस्तीका साथै आँधीखोला जलविद्युुत् गृहमा समेत असर पर्ने देखिन्छ । रासस
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया