मोडल निशालाई आर्थिक सहयोग जुट्दै

काठमाडौँ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ ।
चलचित्र विकास बोर्ड अन्तगर्तको कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । यस्तै म्युजिक भिडियो कलाकार संघले पनि निशालाई सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर २० हजार रुपैयाँ निशाका बुबालाई हस्तान्तरण गरेको हो ।
भारतमा दुर्घटनामा परेकी निशाको केही समय उनको भारतमै उपचार भएको थियो । आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएर केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनलाई घरमा राखिएको थियो ।
घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएपछि गत बिहीबारदेखि निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा उनको निःशुल्क उपचार सुरु भएको छ । निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया