युरोकपमा आज समूह सी र डीका तीन खेल हुँदै
मेरोन्यूज
२०७८ जेठ ३० गते ११:४८

एजेन्सी । १६ औं युरोकप फुटबल अन्तर्गत आज ९आइतबार० विभिन्न तीन खेलहरु हुँदैछ ।
युरोकपमा आज समूह सीको दुई खेल र समूह डीको एक खेल हुनेछ । जसमा आज हुने पहिलो खेलमा समूह डीमा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।
लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ ।
यस्तै, आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह सीमा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । समूह सीको नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।
दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
सम्बन्धित










आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया