युरोकपमा आज समूह सी र डीका तीन खेल हुँदै
मेरोन्यूज
२०७८ जेठ ३० गते ११:४८

एजेन्सी । १६ औं युरोकप फुटबल अन्तर्गत आज ९आइतबार० विभिन्न तीन खेलहरु हुँदैछ ।
युरोकपमा आज समूह सीको दुई खेल र समूह डीको एक खेल हुनेछ । जसमा आज हुने पहिलो खेलमा समूह डीमा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।
लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ ।
यस्तै, आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह सीमा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । समूह सीको नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।
दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया