सञ्चय कोषले ब्याजदरमा पुनरावलोकन गर्दै

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ब्याजदरको पुनरावलोकन गर्दै नयाँ दर लागु गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि लागु हुने गरी कोषले सञ्चयकर्ताबाट लिने र कर्जा लगानीमा नयाँ व्याजदर लागु गर्ने भएको हो । ब्याजदर पुनरावलोकनका लागि एक समिति गठन गरी अध्ययन शुरु भएकोले असारको अन्त्यतिर प्रतिवेदन तयार हुने सञ्चय कोषका प्रवक्ता विजय कुमार श्रेष्ठले जानकारी दिए ।
कोरोना महामारीको संक्रमणका कारण देखिएको समस्यालाई ध्यान दिँदै व्याजदरमा स्थिर वा केही कम पनि हुन सक्ने कोषको दाबी छ ।
कोषले सञ्चयकर्तालाई दिने ब्याजमा ७ प्रतिशत र १ प्रतिशत नाफाबाट लाभांश दिएको छ । सञ्चयकर्तालाई साढे ८ प्रतिशत ब्याजमा आवास निर्माणलगायत अन्य कर्जा समेत उपलब्ध गराउने भएकाले यसमा परिमार्जन गर्न थालेको कोषले उल्लेख गरेको छ ।
कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा ७५ अर्ब रुपैयाँ बढी मुद्दती निक्षेप राखेको थियो । सञ्चय कोष बैंकहरुको सबैभन्दा ठूलो संस्थागत निक्षेपकर्ता हो ।
चालू आर्थिक वर्षदेखि कोषले निक्षेप–कर्जाको ब्याजदर अनुपात दर १ दशमलब २५ प्रतिशत राखेको छ ।









चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ : महासचिव पोखरेल
प्रतिक्रिया