सञ्चय कोषले ब्याजदरमा पुनरावलोकन गर्दै

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ब्याजदरको पुनरावलोकन गर्दै नयाँ दर लागु गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि लागु हुने गरी कोषले सञ्चयकर्ताबाट लिने र कर्जा लगानीमा नयाँ व्याजदर लागु गर्ने भएको हो । ब्याजदर पुनरावलोकनका लागि एक समिति गठन गरी अध्ययन शुरु भएकोले असारको अन्त्यतिर प्रतिवेदन तयार हुने सञ्चय कोषका प्रवक्ता विजय कुमार श्रेष्ठले जानकारी दिए ।
कोरोना महामारीको संक्रमणका कारण देखिएको समस्यालाई ध्यान दिँदै व्याजदरमा स्थिर वा केही कम पनि हुन सक्ने कोषको दाबी छ ।
कोषले सञ्चयकर्तालाई दिने ब्याजमा ७ प्रतिशत र १ प्रतिशत नाफाबाट लाभांश दिएको छ । सञ्चयकर्तालाई साढे ८ प्रतिशत ब्याजमा आवास निर्माणलगायत अन्य कर्जा समेत उपलब्ध गराउने भएकाले यसमा परिमार्जन गर्न थालेको कोषले उल्लेख गरेको छ ।
कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा ७५ अर्ब रुपैयाँ बढी मुद्दती निक्षेप राखेको थियो । सञ्चय कोष बैंकहरुको सबैभन्दा ठूलो संस्थागत निक्षेपकर्ता हो ।
चालू आर्थिक वर्षदेखि कोषले निक्षेप–कर्जाको ब्याजदर अनुपात दर १ दशमलब २५ प्रतिशत राखेको छ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया