स्याङ्जाको फेदीखोला अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन
मेरोन्यूज
२०७८ जेठ ३० गते १२:५५

काठमाडौं । आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा पहिरो झरेको थियो । पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । अहिले एकतर्फी खोलेर पुनः सञ्चालन गरिएको छ । दुईतर्फी खुलाउन पहल भइरहेकाले अझै केही समय लाग्ने छ । रासस
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया