स्याङ्जाको फेदीखोला अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन
मेरोन्यूज
२०७८ जेठ ३० गते १२:५५

काठमाडौं । आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा पहिरो झरेको थियो । पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । अहिले एकतर्फी खोलेर पुनः सञ्चालन गरिएको छ । दुईतर्फी खुलाउन पहल भइरहेकाले अझै केही समय लाग्ने छ । रासस
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया