काठमाडौं महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम पुनः भोलि (सोमबार) देखि सञ्चालन गर्ने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाइने भएको हो ।
महानगरमा यसअघि काठमाडौंका सबै वडा कार्यालयमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । तर जेष्ठ २८ गतेदेखि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै खोप लगाउने कार्यक्रम रोकिएको थियो । महानगरका कोभिड फोकस पर्सन ज्ञानबहादुर ओलीले भोलीदेखि अब छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई वडा कार्यालयका खोप केन्द्रमा नभई अस्पतालहरुमा खोप लगाइने तालिका रहेको जानकारी दिए ।
खाेप सकिएपछि काठमाडाैंमा खाेप कार्यक्रम स्थगित
‘‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कार्यक्रम राखेका छौँ उनले भने ,उक्त खोप अभियान १० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिनेछ,”
खोप लगाउने मितिबारे सूचना निकाल्ने उनले जानकारी दिए । यसअघि, पाँच दिनसम्मका लागि तोकिएको खोप कार्यक्रम तीन दिनमा नै स्थगित गरिएको थियो ।
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया