पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ । फाउण्डेसनका संयोजक नकुल अर्यालले भने ‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनको सहयोग निरन्तर रहनेछ । ’
फाउण्डेसनले काठमाडौंमा सक्रिय झण्डै ३ सय पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनेछ । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा उपस्थित पत्रकारहरुले नियिमत रिपोर्टिङमा खटिने पत्रकारलाई सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया