‘पहिलो डोज खोप लागेकाहरूमा ६ महिनासम्म शरीरमा एन्टिबडी रहन्छ’

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका व्यक्तिलाई नआत्तिन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो खोपको पहिलो मात्रा लिएकाहरुमा ६ महिनासम्ममा एन्टिबडी बन्ने हुँदा नआत्तिन आग्रह गरे ।
पहिलो डोज लगाएका व्यक्तिमा खोपले ६ महिनासम्म काम गर्ने र संक्रमण भइहालेको खण्डमा पनि जटिलता नहुने उनको भनाइ छ। ‘विभिन्न अध्ययन,अनुसन्धानले पहिलो मात्रा लगाएको ६ महिनासम्म एन्टिबडी रहने देखिएको छ,’ डा. गौतमले भने, ‘दोस्रो मात्रा पाइन, के हुने हो भन्ने मनमा कुनै डर नराखौं।’
पहिलो कोरोनाविरुद्धको कोभिल्डसिल्ड मात्रा लिएका १३ लाख भन्दाबढीले दोस्रो मात्रा पाएका छन् । पहिलो मात्रा १२ हप्तापछि पनि दोस्रो डोज नलगाएको खण्डमा पुन संक्रमण त हुने होइन भन्ने आममानिसको चासो छ । देशभर प्राथमिकता निर्धारण गरी खोप कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २४ लाखले खोपको पहिलो डोज प्राप्त गरेका छन् । ७ लाखले दोस्रो डोज लगाइसकेका छन्। छन् भने नेपालमा हालसम्म ४२ लाखभन्दा बढी खोप प्राप्त गरेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया