नेपालमा कोरोनाविरुद्धको पहिलाे डोज २४ लाखले लिए

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलाे डोज २४ लाखले लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले जनाएको छ । शाखाका प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा हालसम्म कोरोना भाइरसको पहिलो मात्रा २४ लाखले लगाएका जानकारी दिए ।
उनका अनुसार दुबै डोज ७ लाखले लिएका छन् । कोरोना भाइरसको चिनियाँ भेरोसेलको दोस्रो अभियानमा शनिवार बेलुकासम्ममा ६० देखि ६४ वर्ष उमेर समुहका ३ लाखभन्दा बढीले लिएका शाखाले जनाएको छ । कोरोना भाइरसको पहिलो मात्रा लिएर दोस्रो खोपको पर्खाईमा हाल १३ लाखभन्दा बढी व्यक्तिहरु रहेका छन् । तिनिहरुले दोस्रो डोज पाउँने हो की हैन अझै अन्योल छ ।
शाखाका प्रमुख गौतमले भने, “कोल्भिसिल्ड प्याप्त नभएर दिन सकिएको छैन् ।”
विभिन्न अध्यनहरुले पहिलो खोप लिएका व्यक्तिमा ६ महिनासम्म शरिरमा एन्टिबडीबन्ने देखिएको डा. गौतमले जानकारी दिए । पहिलो खोप लिएकाले नआर्तिन उनको आग्रह छ ।
यसैगरी, हालसम्म १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुले ,ज्वरो आएका, सिकिस्त बिरामी बाहेका खोप नलगाउन उनले आग्रह गरे ।
नेपालमा हालसम्म ४२ लाख खोप आएको मन्त्रालयले जनाएको छ ।
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया