आनी छोइङले गरिन् कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)विरुद्धको अभियान स्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत वितरण गरिएको हो ।
यसअघि पनि सो संस्थाले सरकारी, सामुदायिक तथा आइसोलेशन केन्द्रलाई कोभिडसम्बन्धी विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । आनी छोइङ डोल्मा फाउण्डेशनका अध्यक्ष तथा गायिका डोल्मा, सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सनैना क्षेत्रीले संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी हुन् ।
कोरोना महामारीको पहिलो लहरदेखि नै स्वास्थ्य सामग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले नयाँ भेरियन्टसहितको महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पिपिई अक्सिमिटरलगायत सामग्री सहयोग उपलब्ध गराउँदै आएको नेपाल पत्रकार महासंघ काभ्रेका सभापति तिमल्सिनाले बताए ।










विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया