आनी छोइङले गरिन् कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)विरुद्धको अभियान स्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत वितरण गरिएको हो ।
यसअघि पनि सो संस्थाले सरकारी, सामुदायिक तथा आइसोलेशन केन्द्रलाई कोभिडसम्बन्धी विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । आनी छोइङ डोल्मा फाउण्डेशनका अध्यक्ष तथा गायिका डोल्मा, सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सनैना क्षेत्रीले संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी हुन् ।
कोरोना महामारीको पहिलो लहरदेखि नै स्वास्थ्य सामग्री लगायतका सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले नयाँ भेरियन्टसहितको महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पिपिई अक्सिमिटरलगायत सामग्री सहयोग उपलब्ध गराउँदै आएको नेपाल पत्रकार महासंघ काभ्रेका सभापति तिमल्सिनाले बताए ।
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया