अपराध
अप्रेसन ‘माइक ह्वीस्की’ : अनैतिक सम्बन्धका कारण माओवादी नेता पाण्डेको गोली हानी हत्या
मुख्य याेजनाकार श्रीमती महिमासहित ११ पक्राउ

काठमाडौं । गत जेठ ५ गते राति ११ बजे नेकपा (माओवादी केन्द्र)को कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भयो । माओवादीको जिल्ला सदस्य समेत रहेका कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय पाण्डेको गोली हानी हत्या गर्ने घटनाको मुख्य योजनाकार उनकै श्रीमती महिमा रहेको पाइएको छ ।
२ राउण्ड गोली गोली लागेर घाइते भएका उनको जेठ ११ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटना भएको २५ दिनपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक गरेको छ ।
प्रहरी अनुसन्धानले मृतक पाण्डेकी श्रीमती र गोली पहार गर्ने ओमप्रकाश यादवबीच अनैतिक सम्बन्ध भएकै पुष्टि भएको छ । घटना भएको २ दिनमै प्रहरीले ओम प्रकाशलाई पक्राउ गरेको थियो ।
ओमप्रकाश र महिमाले पाण्डेको हत्याको लागि हतियार खरिद र पटक–पटक पेशेवर अपराधीलाई बैना रकम दिएको अनुसन्धानमा खुलेको छ । ओमप्रकाश र महिमा मिलेर पाण्डेको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम ओमप्रकाश एक्लैले गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
प्रहरीले घटनाको २ दिनमै कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश र सोही नगरपालिका–२ बस्ने साकिर अलि पाखियालाई पक्राउ गरेको थियो । प्रहरीले पाण्डेयको हत्यामा संलग्न मुख्य योजनाकार श्रीमतीसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले ११ जनालाई पक्राउ गरेता पनि आज ९ जनालाई मात्र सार्वजनिक गरेको हो ।
अपराधको सञ्जाल
सोमबार प्रहरीले श्रीमती महिमासहित कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु–१ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्तालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट साथबाट हतियार, गोली बरामद भएका छन् । प्रनाउ भण्डारीका अनुसार ओमप्रकाशको साथबाट पेस्तोल, म्यागजिन, २२ एमएमको ६८ राउन्ड गोली बरामद भएको छ ।
अर्का अभियुक्त रमजान साह मुसलमानले पाण्डेयको हत्याका लागि ओमप्रकाशसँग पटकपटक गरेर एक लाख रुपैयाँ बैना लिएका थिए। उनको साथबाट स्वचालित पेस्तोल म्याग्जिन र ८ राउण्ड गोली बरामद भएको छ ।

पाल्पालीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित अली पखियालाई संरक्षण गरेका थिए । यस्तै सद्दाम हुसेन खानले पखियालाई हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेका थिए । ज्ञानेन्द्रकुमार पाण्डेयले गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिदबिक्री गर्ने कार्यमा सहयोग गरेका थिए ।
यादवले आफूले घटनामा प्रयोग गरिएको लु १६ प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक–एक गोली हानेका थिए ।
घटनापछि प्रहरी नायब उपरीक्षक भण्डारीको नेतृत्वमा अप्रेसन ‘माइक ह्वीस्की’ सुरू भएको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया