मंगलबार, वैशाख १५, २०८३

एमबीबीएस अध्यापनका लागि अधिकाशं कलेजलाई एक सय सिट ( सूचीसहित)

मेरोन्यूज २०७८ असार १ गते ८:५६

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एबीबीएसका साथै बिडिएसलगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ ५५५ सिटमा विभिन्न मेडिकल कलेजलाई छुट्याएको छ ।

Advertisement
NiccNicc

गत शुक्रबार बसेको आयोगको बैठकले एबीबीएसका साथै बिडिएसलगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ ५५५ सिटमा विभिन्न मेडिकल कलेजलाई छुट्याएको हो ।

एमबीबीएस पढाउनका लागि अधिकांश मेडिकल कलेजहरुले सय सिट पाएका छन् । जसमध्‍ये नोबेल मेडिकल कलेज,बिराट मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज,चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्‍याम्पस, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, केयू स्कुल अफ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, मणिपाल मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, नेपालगण्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिसर्ल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

कुन कलेजलाई कति सिट?

प्रतिक्रिया