विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्यौँ : कप्तान चेम्जोङ

काठमाडौँ । कुवेत भ्रमणमा रहेको नेपाली फुटबल टोली आइतबार साँझ स्वदेश फर्किएको छ । भ्रमणमा नेपाली टोलीले विश्वकप र एसियन कप छनोटका लागि केही खेलहरू खेलेको थियो ।
भ्रमणमा नेपाली टोलीले आफ्नो पक्षमा सुखद् निकाल्न सकेन । तर, अघिल्ला भ्रमणभन्दा योपटक उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताए । उनले विगतका खेलहरूमा भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् । उनले सधै रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको बताए ।
समूह तालिकाको चौथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ चीनमा एसियन कपको झिनो आशा प्ले अफमात्रै बाँकी छ । कोरोना भाइरस महामारी नभएको भए कुवेतमा हुने खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली दर्शक माझ हुने थियो ।
कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय टोली सम्हालेसँगै विगतको खेल्ने शैलीभन्दा फरक देखिएको कप्तान चेम्जोङले बताएका छन् । साथै प्रशिक्षक अलमुताइरीले नेपाली टोली कुवेत भ्रमण गर्दा बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन् । नेपाल फर्किएपछि कप्तान किरण चेम्जोङसँग गरिएको कुराकानीको अंश :
समग्रमा कुवेत भ्रमण कस्तो रह्यो ?
कुवेत भ्रमणको समयमा खेलिएको तीन वटा खेल हेर्दा, टिमले धेरै सकारात्मक खेलेको छ । टिममा गएपछि सुधारिएको खेल देखेको छ । सकारात्मक र नकारात्मक दुवै पक्षलाई नियाल्नु पर्छ । सकारात्मक कुराहरुलाई ध्यान दिनुपर्छ ।
विशेष हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नु पर्छ । आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनु पर्छ । यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विकासले गति लिन सक्छ ।
चाइनिज ताइपेइसँग राम्रो खेले पनि जोर्डन र अस्ट्रेलियासँगको खेल राम्रो हुन सकेन नि । हामी कहाँ चुक्यौँ ?
पहिलो खेल चाइनिज ताइपेइसँग थियो । ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो थियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्ण रुपमा तयार थियौँ । कुवेत जानुअघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो । पहिलो खेल चाइनिज ताइपेइसँगको तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौँ ।
भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो । जित्नुको विकल्प हामीलाई थिएन । सोहीअनुसार कोचले दिएको निर्देशनलाई खेल अवधि भर पालाना गर्याैं । पेनाल्टीबाट अग्रता लिएसँगै खेलाडीमा हौसाल मिल्यो । पछि दोस्रो गोल पनि निष्कियो । बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौँ । राम्रो खेल्यौँ ।
दोस्रो खेल जोर्डनसँग उसैको मैदानमा खेलेका थियौँ । टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो । पहिलो खेलमा पेनाल्टीबाट हामीपछि परेका थियौँ । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि र फुटबलको पाटो हो । जोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यो । सुधारको प्रयास गरे पनि अलमलमा पर्याैं ।
यद्यपि, जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौँ । अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौँ । ३–० ले नै हार्ने सोच थिएन, तर खेलमा सोही नतिजा दोहोरियो । समग्रमा प्रदर्शनले राम्रा गरेका हौँ ।
विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी लिनु भएको छ ?
विश्वकप खेलेर अनुभव लिइसकेको अस्ट्रेलियासँग खेल्न पाउनु हाम्रो लागि मौकाको कुरा हो । पहिलो खेलभन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौँ भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौँ । सोहीअनुसार तयारी पनि गरेका थियौँ ।
पहिलो हाफमा १० खेलाडीमा सिमित भए पनि सम्रग टोली एक बनेर खेल प्रदर्शन गर्न सफल भयौँ । ‘वान म्यान डाउन’मा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौँ । अस्ट्रेलियासँगको खेलमा टिम मेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । तारिफ योग्य खेल रह्यो । राम्रो खेल्यौँ । अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो । सुखद नै मान्नु पर्छ ।
एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो । आउँदा दिनमा अब अन्य एसियाका पावर हाउससँग खेल्नु पर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाए हुन्थो । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौँ । यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ ।
जितका लागि खेल्नुभन्दा यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ । सधै हार्छ भन्ने आँकलन भए पनि नेपालले प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ । ठूलो अन्तरले हारे पनि दोस्रोपटक आमने सामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौँ भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ ।
अस्ट्रेलियाका प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । यस्तै, बलियो अस्ट्रेलियासँग आउँदा दिनमा खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल राम्रो मान्छु ।
प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ?
कोचले मात्र सम्भव हुँदैन । टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले वे देखाउने हो । नेपाली टोलीलाई सम्हाल्नु भएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनु भएको छ ।
यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौँ भन्ने मानसिकता भरदिनुभएको छ । नतिजा जे भए पनि एट्याकिङ फुटबल खेल्नु पर्छ । उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौँ भन्ने मानसिकता विकास भएको छ ।
नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ । प्रशिक्षको मात्रभन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको योजना फुटबललाई एक स्टेपमाथि लैजाने लक्ष्य रहेको छ । सोहीअनुसार उहाँले परिक्षण गर्नु भएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौँ ।
आगामी दिनमा नेपाली टोलीले थप सफलता हात पार्न कस्तो किसिमको योजना आवश्यक छ ?
खेलाडीहरु सधै व्यस्त हुनु पर्यो । व्यस्त तालिका पनि हुनु पर्छ । शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु पर्यो । पहिलोपटक फ्रेन्चाइज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न एनएसएलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ । यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई व्यस्त र अवसर खेज्नका लागि निकै मद्दत गरेको छ । लिगहरू लामो समयसम्म हुनु पर्छ ।
राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर व्यस्त गराउनु पर्छ । फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनु पर्छ । हामीभन्दा माथिल्लो र तल्लो स्तरको देशहरुसँग बारम्बार मैत्रीपूर्ण खेल खेलाउनु आवश्यक छ । सबैभन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नु हो । यसले नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि हौसला मिल्छ ।
ठूलो टोलीसँगको पटक पटक खेल्न पायौं भने अवश्य नै हामीले सुधाएिको खेल देखाउँन सक्छौँ । कमी कमजोरीलाई नियाल्न सक्छौँ । अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवश्य देखिन्छ ।
एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनु पर्छ । ठूलो क्लब, लिग खेल्ने क्लबदेखि माथिल्लो स्तरको टोलीसँग खेल्ने अवसर दिनु पर्छ । यस्ता अवसरले खेलाडीलाई अनुभवी बनाउँछ ।














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
प्रतिक्रिया