शुक्रबार, वैशाख ११, २०८३

पहिरो खस्दा ५ घर परिवार विस्थापित

मेरोन्यूज २०७८ असार १ गते १४:४४

काठमाडौँ । वर्षासँगै आएको पहिरोले बागलुङको काठेखोला गाउँपालिकाका पाँच घर परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका ७ जिरेदीमा घरमाथि र घरमुनीबाट पहिरो गएपछि उनीहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Advertisement
NiccNicc

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए ।

सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।

पहिरोले बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढंगामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ ।

प्रतिक्रिया