वर्षाका कारण यी जिल्लामा उच्च जोखिम, सचेत हुन सरकारको आग्रह

काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाहरूमा पहिरो जाने क्रम बढेको छ । यससँगै ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा तराईका विभिन्न जिल्लाहरूको नदी किनारामा बस्दै आएका सर्वसाधरणलाई सचेत हुन आग्रह गरेको छ । केही दिन भारी वर्षा हुने भएकाले मन्त्रालयले सचेत हुन आग्रह गरेको छ ।
‘चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, कास्की, म्याग्दी र आसपासका जिल्लाहरूमा भारी वर्षामापन भएको र थप वर्षा हुने पूर्वानुमान गरिएको छ,’ मन्त्रालयले भनेको छ, ‘नदीको तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिन र डुबान भइरहने होचो स्थानमा आज रातिसम्म उच्च सतर्कता अपनाऔँ ।’
वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । यस्तै देशका विभिन्न स्थानहरूमा बस्ती डुबानमा परेको मन्त्रालयले जनाएको छ ।















मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया