प्रतिनिधिसभा विघटन मुद्दाका लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी

काठमाडाैं । सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ ।
सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो ।
सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे र केसीलाई पठाउने निर्णय गरेको कार्यसमितिका वरिष्ठ सदस्य विकास भट्टराइले जानकारी दिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएसन र सर्वोच्चबार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो ।
सोही आदेशअनुसार सर्वोच्च बारले एमीकस क्युरीको तय गरेको हो । उक्त विवादमा यही असार ९ गतेबाट नियमित सुनुवाइ हुने तय भएको छ ।













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया