आजको राशिफलः आषाढ २ गते बुधबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २ गते बुधबार, ज्येष्ठ शुक्लषष्ठी तिथि । आज कुमारषष्ठी तथा पानीका स्रोतको सरसफाई गर्ने चाड, सिथिनखः रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
अरुका लागि बोली प्रिय नै भएता पनि आफ्नो परिवारका सदस्यहरुसँग भने कटु बोली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवन सकारात्मक हुने छ । ठेक्कापट्टा, श्रम क्षेत्र, निर्माणका काम, उद्योग कलकारखाना, भाडाका सवारीसाधन, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ ।
वृष
रिस पनि धेरै उठ्ने भएकाले अरुले सन्काहा रुपमा हेर्ने भएकाले संयमित रहनु होला । बोलीमा कडापन आउने छ । पेशागत जीव्न सन्तोषजनक नै हुने छ । खासगरी रोजगारी, सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार, कवाडीको ब्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
दृढ व्यक्तित्व बन्ने छ । तर बेला बेला दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा अरुले अन्योलग्रत आभाष गर्ने छन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ । परिवारमा कुरा मिल्ने छैन् । बोलीको प्रभावमा निकै गिरावट आउने छ । डान्सबार, होटल, रेष्टुरेण्ट, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।
कर्कट
समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र उपाय रहेको छ । कमजोर व्यक्तित्व बन्ने छ । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।
सिंह
शितल प्रकृतिको स्वाभाव हुने छ । व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा गिरावट आउने छ । मनोबलको कमि हुनेछ । शारीरिक समस्याहरु देखा पर्ने छ । उच्चरक्तचाप, छाति, रगत जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा थोरै बृद्धि देखा पर्ने छ । शिक्षा क्षेत्र, शिक्षण, प्रध्यापक, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ ।
कन्या
राखिएका लक्ष्यहरु तुहिने छन् । आम्दानीमा गिरावट आउने छ । धैर्य भएर पाइला चाल्नु होला भने अतिमहत्वाकांक्षा पनि नलिनु होला । साझेदारीमा गरिएका कामहरुका बिबाद चर्किने छ । अध्ययन र अध्यापनमा भने मन केन्द्रीत हुने छ । चुनौतिपूर्ण र धेरै जोखिम तथा प्रतिष्पर्धात्मक क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।
तुला
पेशागत जीवनमा गम्भीरखाले समस्याहरु देखा पर्ने छ । पूर्वानुमान नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने छ । त्यसैले संयम भएर मात्र पाइला चाल्नु होला । बोलीको प्रभावमा भारी गिरावट आउने छ । शिक्षा क्षेत्र, शिक्षण, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।
वृश्चिक
मनमा अनावश्यक दबाब देखिँदा तनावले सताउने छ । निराशा भाव देखा पर्ने छ । पेशागत जीवन भने औसत तर थोरै मात्र केही स्थिर बन्ने हुँदा राहत मिल्ने छ । कोल्ड ड्रिङ्स, दुध, पानी, पेय पदार्थ, मदिरा, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । आम्दानी गलत ठाउँमा फस्न जाने जोखिम देखिएकाले सतर्क रहनु होला ।
धनु
बोलीमा अस्वाभाविक कडापना देखिँदा परिवारका सदस्यहरु आश्चर्य पर्न जाने छन् । यस्तो परिस्थितिले परिवारमा तनाव पनि ल्याउने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ ।
मकर
दृढ व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कार्यहरु अवरुद्ध हुन पुग्ने छन् । मनमा निराशाले सताउने छ । खुशी हुनै नसक्ने अवस्था आउने भएकाले मनलाई नियन्त्रित गर्ने प्रयास गर्नुहोला । दुग्धजन्य व्यापार, डेरी, पानी, मदिरा, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ ।
कुम्भ
पेशागत जीवनमा अस्थिरता आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले हेप्ने छन् । अफिसियल प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिक व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । बौद्धिक स्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ ।
मीन
आम्दानीको क्षेत्र स्थिर रहने छ । भाग्यहिनता लागि रहने छ । सन्तानका गतिविधीबाट अपजस आइलाग्ने छ । पेशागत जीवनमा समस्या आउन जाने भएकाले सतर्क रहनु होला । व्यक्तित्व दुविधात्मक हुने छ । पैतृक सम्पत्तिका विषयमा मनमुटाव आउने छन् । चिनी, सख्खस, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रतिक्रिया