चरीकोट अस्पताल पशुपति चौलागाईँ स्मृति अस्पतालमा रुपान्तरण

दोलखा । प्रस्तावित चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य स्व नेता चौलागाईंको सम्झनास्वरुप सो अस्पताललाई ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’का नाममा नामकरण गरेको हो । यही असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रुपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य तथा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिए ।
स्व.नेता चौलागाईँको स्मृतिमा नामकरण गरिएको अस्पताल दोलखाको भीमेश्वर नगरपालिका–४ चरीकोटबाट सञ्चालन हुँदै आएको चरीकोट प्राथमिक स्वास्थ केन्द्र हो । विसं २०७२ को भूकम्पपश्चात् स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएपछि प्रदेशस्तरीय अस्पताल बनाउनका लागि स्थानीय तहले चरीकोट अस्पतालका नाममा प्रस्ताव गरेको थियो । अस्पतालले दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीमा प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रियासहित एचडियुसहितको सेवा प्रदान गर्दै आएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया