बाढीसँगै देशभर तहसनहस (तस्वीरहरू)

काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ । जसमा सिन्धुपाञ्चोक, मनाङलगायत जिल्लामा मानिसहरू बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ८ जनामध्ये एक जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले हराएकामध्ये एक जनाको शव भेटिएको जानकारी दिएका हुन् । उनका अनुसार ७ जनाको अवस्था पत्ता लगाउन सकिएको छैन ।

घटनास्थलमा अहिले सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन् । उनले बाढी पहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् ।
यस्तै, बाढी पहिरोले मनाङका सयौँ घर डुबानमा परेका छन् । मनाङ सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले मनाङ चामेबजारका बाढी पस्दा करिब ३ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।

कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा कटान गरेको छ । यसैगरी, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा ठूलो पहिरो खसेको छ ।
वर्षासँगै आएको बाढीले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् ।























अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया