जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न सञ्चारमन्त्री थापाकाे निर्देशन

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले जनताबाट गुनासो नआउने गरी सेवा दिन निर्देशन दिएकी छिन् । हुलाक सेवा विभाग र विज्ञापन बोर्डका कार्यालयको आज अनुगमनका क्रममा उनले जनतालाई प्रत्यक्ष लाभ हुने गरी छिटो र छरिटो सेवा प्रदान गर्न कमचारीलाई निर्देशन दिएकी हुन् ।
मन्त्री थापाले पछिल्लो समयमा सञ्चार तथा प्रविधिको विकास तीव्र रुपमा भइरहेको जनाउँदै प्रविधिमैत्री सेवा प्रदान गर्न पनि अनुरोध गरिन् । मन्त्रालयका हरिप्रसाद बस्यालले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्ने गरी अगाडि बढ्न बोर्डलाई सुझाव दिए ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले विज्ञापनसम्वन्धी कानूनमा भएका व्यवस्थाको अध्ययन गर्नाका साथै विज्ञापन आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको जानकारी दिर्नु । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम बोर्डको गठन भएको थियो ।
हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठले हुलाक सेवाको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको हुलाकको स्थापना विस. १९३५ मा भएको थियो ।
मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत निकायमा अनुगमन गरी निर्देशन दिएकी थिइन् ।
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया