आजको राशिफलः आषाढ ३ गते बिहीबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ३ गते बिहीबार, ज्येष्ठ शुक्लसप्तमी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
पेशागत जीवनमा सकारात्मकता देखिने छ । बोलीमा प्रियताको अभाव हुने भएकाले यस विषयमा ध्यान दिनु होला । पारीवारिक जीवनमा बादबिबाद र चुनौति देखिने छ । निर्माणका काम, ठेक्कापट्टा, श्रम क्षेत्र, उद्योग कलकारखाना, भाडाका सवारीसाधन, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ ।
वृष
बोलीमा कटुता देखा पर्ने छ । रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । पेशागत जीवन औसत अवस्थामा रहने छ । नोकरी, सेवा क्षेत्र, रोजगारी, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
मिथुन
व्यक्तितवमा दृढता देखा पर्ने छ । पेशागत जीवन ठिकै ठिकै रहेता पनि भाग्यको साथ नरहेकाले कार्य सफलता प्राप्त हुने छैन् । परिवारमा बिबाद देखा पर्ने छ । बोलीको प्रभावमा गिरावट आउने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई समय अनुकुल छैन् ।
कर्कट
कमजोर व्यक्तित्व हुने छ । शारीरिक शिथिलता र कमजोरीले सताउने छ । समय प्रतिकुल देखिएकाले धैर्यतापूर्वक पाइला चाल्नु होला । दाम्पत्य जीवनमा पनि कटुता देखिन जाने छ ।सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, खेल, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।
सिंह
नरमखाले व्यक्तित्व हुने छ । व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा कमि आउन जाने छ । शारीरिक समस्याहरु देखा पर्दा मनोवलमा पनि गिरावट आउने छ । छाति, रगत, उच्च रक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ ।
कन्या
आम्दानीमा गिरावट आउने छ । लिइएका महत्वाकांक्षाहरु पुरा हुने छैनन्, अवरोधहरु बढ्ने छन् । साझेदारीमा गरिएका कामहरुका बिबाद पैदा हुन जाने छ । अध्ययन तथा अध्यापनमा भने प्रगति हुने छ । जोखिमले भरिएको र चुनौतिपूर्ण क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।
तुला
पेशागत जीवनमा गम्भीरखाले समस्याहरु देखा पर्ने छ । पूर्वानुमान नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने छ । त्यसैले संयम भएर मात्र पाइला चाल्नु होला । बोलीको प्रभावमा भारी गिरावट आउने छ । शिक्षा क्षेत्र, शिक्षण, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।
वृश्चिक
निराशा भाव बढ्न जाँदा मनमा उत्साहको कमि हुने छ । पेशागत जीवन औसत रहने छ । पानी, पेय पदार्थ, कोल्ड ड्रिङ्स, दुध, मदिरा, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने समय छ । आफूले कमाएको धन सुरक्षित गर्ने विषयमा विशेष ध्यान दिनु होला ।
धनु
पारीावारिक जीवनमा द्वन्द चर्किने छ । बोलीमा रुखोपना बृद्धि हुँदा बन्न बन्न खोजेका कामहरुमा पनि अबरोध कायम रहने छ । शारीरिक रुपमा धेरै कमजोरी देखिँदा मनोबलमा पनि कमि आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने छ । जलविद्युत, शिक्षा, परामर्श, होटल, रेष्टुरेण्ट आदि क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छैन् ।
मकर
व्यक्तित्वमा दृढता देखा पर्ने छ । त्यसैले कसैले हेप्न सक्ने छैनन् । तर मनमा भने निराशाले सताउने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कामहरुमा अबरोध देखा पर्ने छ । डेरी, दुग्धजन्य व्यापार, पानी, मदिरा, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले पेल्ने छन् । प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा सकिन छैन् । पेशागत जीवनमा अस्थिरता देखा पर्ने भएकाले सतर्क रहनु होला । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । जीवनसाथिको सहयोगसहित कार्य अघि बढाएमा कार्य सफलतामा प्रगति हुने छ ।
मीन
पेशागत जीवनमा समस्या आउन जाने भएकाले सतर्क रहनु होला । आम्दानीमा भने औसत समय रहने छ । भाग्यको साथ नरहेकाले कार्यक्षेत्रमा एकपछि अर्काे अवरोधहरु निरन्तर आउने छन् । दुविधात्मक व्यक्तित्व बन्ने छ । धार्मिक वस्तुको कारोवार, चिनी, सख्खस, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया