बिहीबार, जेठ ८, २०८२

क्यान्सर पिडित महिलालाई सहयोगको अपील

मेरोन्यूज २०७८ असार ३ गते ७:१०

अछाम । एक क्यान्सर पीडित महिलाले आफ्नो उपचारका लागि आर्थिक सहयोग जुटाइदिन सार्वजनिक अपील गरेकी छन् ।

अछाम स्थायी घर भइ हाल भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत राधा रावलले आफ्नो आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग गर्न सबैलाई अनुरोध गरेकी हुन ।

जिल्लाको मंगलसैन नगरपालिका – ९ ओलीगाउँकी ३३ वर्षिया रावलले विगत ७ महिनादेखि भारतमै उपचार गराइरहेको श्रीमान तपेन्द्र रावलले बताए । रावल परिवारले भारतमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएको छ ।

श्रीमान तपेन्द्रका अनुसार श्रीमती लामो समयदेखि अल्सरको बिरामी रहेको र हाल अल्सर बिग्रेर क्यान्सरबाट पीडित बनेकी हुन । क्यान्सर जस्तो प्राणघातक रोग भएकोले चिकित्सकले तुरुन्तै अप्रेसन गर्न सल्लाह दिएको तर उपचारका लागि आफुसँग रकम नभएको रावलको भनाइ छ ।

चिकित्सकको सल्लाह बमोजिम तुरुन्त अप्रेसन गर्न नसके ज्यानसमेत जानसक्ने भएकाले रावल परिवार आत्तिएको छ । राधाको अप्रेसनका लागि झन्डै १० लाख रुपैयाँ लाग्न सक्ने चिकित्सकले बताएका छन् ।

यससँगै रावलको उपचारको लागी स्वदेश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक एवं दाताहरुले सहयोग संकलन गर्न थालेका छन् । उनको उपचारका लागि सहयोग गर्न रावल परिवारले केही बैंकका खाता नम्बर सार्वजनिक गरेको छ ।

नेपालबाट उपचारमा सहयोग पठाउन इच्छुक दाताहरुले रावलका हजुर बुवा भीम बहादुर रावलको काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर 1420100023361010 र काका कमल कुमार रावलको अछाम मंगलसैनस्थित ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर J907010000140 मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ ।

त्यस्तै श्रीमान तपेन्द्र रावलको गुगल पे नम्बर 9820970461 (भारत) तथा रावलको उपचारमा संलग्न देवर गोकर्ण रावलको खाता नम्बर 50100386318629 IFSC HDFC 0001207 (भारत) मा सहयोग रकम जम्मा गर्न सकिने पनि उल्लेख छ ।

प्रतिक्रिया