शुक्रबार, चैत ८, २०८१

नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान

मेरोन्यूज २०७८ असार ३ गते ११:४३

काठमाडौं । बढ्दो कोरोना संक्रमणका समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस (बिपी) केन्द्रीय समितिका आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधबार काठमाडौँको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतका अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न नागरिकलाई आह्वानसमेत गरेको छ ।रासस

प्रतिक्रिया