नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान
मेरोन्यूज
२०७८ असार ३ गते ११:४३

काठमाडौं । बढ्दो कोरोना संक्रमणका समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस (बिपी) केन्द्रीय समितिका आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधबार काठमाडौँको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतका अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न नागरिकलाई आह्वानसमेत गरेको छ ।रासस
सम्बन्धित
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया