सिन्धुपाल्चोकको बाढीमा चीन र भारतका नागरिकसहित १९ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा परी १९ जना सम्पर्कविहीन भएका छन् । जसमा तीनजना भारतीय नागरिक र तीनजना चिनियाँ नागरिक १३ जना नेपाली नागरिक रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार सम्पर्कविहीन हुनेहरुमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा छन् ।
यस्तै, त्रिपुरासुन्दरी–१ कै १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल सार्की, हेमराज घिमिरे, भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी, जिनडाओ वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो छन् । प्रजिअ खनालले गोङ टियान छियो भने मृत फेला परेका छन् । उनले सम्पर्कबिहिन भएकाहरुको खोजीकार्य रहेको जानकारी दिए ।










सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया