यान्छीलाई फिर्ता बोलाउने चीनको तयारी

काठमाडौं । चीनले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको छ । उनलाई नेपालबाट फिर्ता लगेर दक्षिण कोरियाका लागि राजदुत बनाउने तयारीमा चीन लागेको छ ।
सामान्यतयाः चिनियाँ राजदुतको नेपाल बसाई दुई वर्षको हुँदै आएको थियो । तर, उनी नेपालमा राजदुत भएर आएको तीन वर्ष पुगेको छ ।
उनलाई सन् २०२० मा नै चिनले फिर्ता लैजान चाहेको थियो । तर सत्तासिन दल नेकपाभित्रको विवादका बेला राजदुत फिर्ता लैजादा र नयाँ राजदुत नियुक्त गर्दा त्यसले प्रभावकारी सन्देश नजाने देखेपछि चीन रोकिएको थियो ।
नत्र उसले राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण लगत्तै राजदुत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको थियो ।
अहिले भने उनको भूमिका नेपालमा कमजोर देखिएको विश्लेषणका साथ फिर्ता बोलाउने निश्कर्षमा चीन पुगेको उच्च स्रोतले जनाएको छ । नेकपा विवादको सुरुआती चरणमा राजदुत यान्छीको दौडधुपले केही ‘हस्तक्षेप’ कारी भूमिका पुगेको विश्लेषणमा रहेको चीन पछिल्लो चरणमा भने आफनो राजदुतको भूमिका कमजोर भएको र नेपालमा भारतीय प्रभाव फेरी अस्वभाविक रुपमा बढेको वुझाईमा पुगेको छ ।
राजदुत यान्छीको भूमिका कमजोर देखिएको र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले राजदुत यान्छीलाई गर्ने ब्यवहारमा पनि पहिलेभन्दा फरक पन देखिएको वुझाईमा चीन पुगेको छ । नेकपा विवाद भईरहँदा राजदुत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा र पहिलो नेताको रुपमा पनि पार्टी एकजुट बनाउन र विवाद मिलाउन आवश्यक परे प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद छोडेर भएपनि तयार हुनुपर्ने सन्देश दिएकी थिइन् ।
त्यसपछि भने उनका लागि बालुवाटार या शित्तल निवासको ढोका नै करिव बन्द अवस्थामै पुगेको थियो । त्यसपछि भने प्रधानमन्त्री ओलीले भारतसाग हिमचिम बढाएको र राजदुत यान्छीले भेटको मौका पाएपनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्म मात्र पहुँच विस्तार हुन पुगेको अवस्था थियो ।
पछिल्लो पटक राजदुत यान्छी पनि पहिले जस्तो नेपालको आन्तरिक राजनीतिमा प्रभावी देखिन छोडेकी छिन् । उनको सक्रियता पनि निक्कै कम देखिन थालेको छ । यो वुझेर पनि चीनले राजदुत यान्छीलाई फिर्ता लैजाने गरी भित्री तयारी शुरु गरेको निकट स्रोतले मेरोन्यूजलाई जानकारी दिएको छ ।
राजदुत यान्छी चीनका प्रधानमन्त्री लि खाछियान निकटकी हुन् ।
राष्ट्रपति सिले नेपालको भू–सामारिक महत्वका कारण सिधै आफुसँगै जोडिन सक्ने गरी विश्वासिला पात्रलाई राजदुत नियुक्त गरेर नेपाल पठाउने तयारी गरेका थिए । सोही कारण पनि उनलाई गत वर्ष नै फिर्ता लैजान चिनले चाहेको थियो ।
















पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया