दुई देशबाट ९० लाख डोज खोप ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले दुई देशबाट ९० लाख खोप ल्याउने तयारी थालेको छ । चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड(१९ विरुद्धको खोप ल्याउने तयारी थालेकाे हो । अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु गरिने मन्त्रालयले जनाएको छ ।
प्रक्रिया सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले चीनसँग खोप खरिदका लागि सहमति प्रस्तावलाई अनुमोदन गर्ने सम्भावना रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया