नेप्सेसँगै कारोबारमा पनि निरास

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार १ दशमलब २९ अंकले घटेको छ ।
यो सानो भएपनि अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४ प्रतिशतले कमी आई २ हजार ९ सय ६८ दशमलब ४३ अंकमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । कूल २ सय २३ कम्पनीको १ लाख २४ हजार ५ सय ६१ कारोबारबाट १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रुपैयाँ बराबरका २० करोड ३६ लाख ५ हजार ६ सय १९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
हिजो बुधबार साना लगानीकर्ताले आत्तिएर सेयर बेच्दा नेप्से घटे पनि बिहीबार लगानीकर्ता टिक्दा बजारबाट सुधार सम्भावना टरेको हो ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा गरिएको लगानी जोखिमपूर्ण भन्दै सूची निकाले पछि बुधबार लगानीकर्ताहरु प्यानिक सेलमा उत्रिएका थिए । त्यसैको असर बुधबारको सेयर बजारमा परेको थियो ।
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया