जनकपुरमा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

जनकपुर । प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज अस्पतालको ृद्घाटन गरेका छन् । उक्त उद्घाटन अवसरमा मुख्यमन्त्री राउतले प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा छिट्टै शुरू गर्ने जानकारी दिए । उनले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौ बिति सक्दा पनि अस्पताल सञ्तालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको जानकारी दिए ।
सामाजिक विकास मन्त्री साहले प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच , बिएन , बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने जनाइएको छ ।










अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया