शुक्रबार, वैशाख ११, २०८३

वैदेशिक रोजगारीमा मृत्यु भएका ७० नेपालीको शव अलपत्र

निषेधज्ञामा समयमा चार्टर उडान‍बाट मात्र २५ वटा शव ल्याइयो

मेरोन्यूज २०७८ असार ३ गते १७:०६


काठमाडौं । निषेधज्ञाका समयमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २५ वटा शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । नियमित उडान बन्द भए पनि चार्टर उडान‍मार्फत कतार,कुवेत र बराइनलगायत देशबाट अलपत्र परेका शव ल्याइएको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार नियमित उडान सञ्चालन भए लगत्तै शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

Advertisement
NiccNicc

विदेशमै अलपत्र ७० शव

नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार निषेधज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको छ । मलेसिया, कुवेत, साउदी अरबमा ७० वटा शव अलपत्र परेका छन्। ती शव ल्याउने तयारी भइरहेको श्रेष्ठको उनले जानकारी दिए ।

लामो समयसम्म शव ल्याउन नसक्दा समस्या भएपछि बोर्डले मृतकको अन्त्येष्टि गर्न आग्रह गरेको छ । सोही मुलुकमै अन्त्येष्टी गरिएका मृतकका परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने बोर्डले निर्णय गरेको छ । तर निर्णय कार्यान्वयन गर्दा समस्या भएको बोर्डको भनाई छ ।

प्रतिक्रिया