प्रयोगशाला जनशक्तिको न्युनतम पारिश्रमिक र जोखिम भत्ता सुनिश्चित गर्न मेलानको अनुरोध

काठमाडौंं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले नीजी क्षेत्रमा कार्यरत प्रयोगशाला जनशक्तिहरुको न्युनतम पारिश्रमिक,जोखिम भत्ता लगायतका सेवा सुविधाको सुनिश्चितता गर्न अनुरोध गरेको छ । बिहिबार (आज) मेलानका पदाधिकारीहरुले उक्त अनुरोधसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जनस्वस्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ अनुसार हालै यस मन्त्रालयद्धारा जारी स्वास्थ्य संस्था संञ्चालन मापदण्ड २०७७ मा उल्लेख भए अनुसार सम्पुर्ण सरकारी तथा नीजी क्षेत्रमा रहेका प्रयोगशालाहरुको भौतिकपुर्वाधार निर्माण र तोकिएर बमोजिमका जनशक्ति रहने गरी सरकारी संस्थाको ओ एन एम सर्भे गरी दरबन्दी बिस्तार गर्नुपर्ने मेलानले स्वास्थ्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
स्वास्थ्य प्रयोगशाला सेवा शुल्कमा एकरुपता नहुँदा र व्यवसायीहरुबीच देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले सेवाको गुणस्तरीयता मै गम्भिर प्रशन उठ्ने गरेको जसले गर्दा सेवा ग्राही आमजनता मारमा परेकोले निश्चित मापदण्ड आधारमा बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने मेलानको माग छ ।
यस्तो छ ज्ञापनपत्र

















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
उर्जा बजारमा ठुलो झट्का,ओपेकबाट युएईको बहिर्गमन
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया