महेश बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएका छन् । विपद्मा पीडित बनेका सिन्धुपाल्चोकको मेलम्ची बासिन्दालाई २० लाख भन्दा बढीको राहत सहयोग गरेका हुन् ।
सङ्घको टोलीले राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्रीसहित मेलम्ची, हेलम्बुमा टोली पठाएको बस्नेतका स्वीकय सचिव दिनेश थापाले जानकारी दिए । पूर्वमन्त्री बस्नेतको पहलमा भक्तपुरबाट रु पाँच लाखको सामग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाबाट सङ्कलित करिब रु २० लाख बराबरको राहत, स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री लिएर बिहीबार टोली मेलम्ची पठाएको उनले बताए ।
भक्तपुरबाट सङ्कलित रु पाँच लाखको सामग्री सङ्घका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लुबन्जार, सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले सङ्घका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेवे, सञ्जीवकुमार झा, अशोक चौलागाईँ, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यले उक्त सामग्री संयुक्तरूपमा हस्तान्तरण गर्दै टोली मेलम्ची पठाएको हो ।
भक्तपुरमा रहनुभएका सङ्घका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकमसहित सङ्घको जिल्ला कमिटीले करिब रु पाँच लाख बराबरको सामाग्री सङ्घका अध्यक्ष पौडेललाई हस्तान्तरण गरिएको छ ।
रासस










एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया