कांग्रेस १४ औं महाधिवेशन
केन्द्रीय समितिमा निषेधाज्ञालाई शून्य समय मान्ने विकल्प प्रस्तुत
महाधिवेशन मितिमा दायाँ-बायाँ गर्ने प्रस्ताव मान्य नहुने भन्दै पौडेल समूहको विरोध, बैठक आज पनि बस्दै

काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कोभिड-१९ महामारीका कारण मुलुकभर लगाइएको निषेधाज्ञाको समयलाई ‘शून्य समय’ मानेर महाधिवेशनको मिति सार्न सकिने विकल्प प्रस्तुत भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरेर भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी सशोधित कार्यतालिका पास गर्न बोलाइएको बैठकमा त्यस्तो विकल्प प्रस्तुत भएको हो ।
केन्द्रीय सदस्य टिएन योगीले बैठकमा धारणा राख्ने क्रममा त्यस्तो विकल्प प्रस्तुत गरेका हुन् । योगीले २०७७ जेठ २ गते सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले निषेधाज्ञालाई शून्य समय मान्ने निर्णय गरेको भन्दै त्यसैलाई आधार मानेर महाधिवेशन सार्न सकिने बताएका थिए । ‘सर्वोच्च अदालतको ‘फूलकोर्ट’ ले २०७७ जेठ २ गते निषेधाज्ञालाई शून्य समय मान्ने फैसला गरेको छ । त्यसैका आधारमा महाधिवेशनको मिति सार्न सकिन्छ । विकल्प नै छैन भन्ने होइन,’ बैठकमा योगीले भने, ‘महाधिवेशन घोषित मितिमा हुनुपर्छ । कोसिस गर्नुपर्छ ।’
सर्वोच्चको ‘फूलकोर्ट’ले बैंकले ब्जाज र सरकारले कर लिँदा निषेधाज्ञाको अवधिलाई शून्य समय मानेर लिन फैसला गरेको थियो । त्यही निर्णयलाई आधार मानेर कांग्रेसले महाधिवेशन गर्दा पनि शून्य समय मान्न सक्ने उनको तर्क हो ।
गत साउनमा पूर्वमन्त्री सुनिलबहादुर थापासँग राप्रपाबाट कांग्रेस प्रवेश गरेर केन्द्रीय सदस्यमा मनोनित भएका योगी अधिवक्ता पनि हुन् ।

संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउदले योगीले त्यो विकल्प केन्द्रीय समितिमा प्रस्तुत गरेको जानकारी दिए । तर, तत्काल त्यो विकल्पबारे नसोचिने उनले बताए ।
‘निर्धारित मितिमै गर्ने भनेर सेड्युल बनाइदैछ । आपतकालिन अवस्थामा हुन सक्ने सम्भावनाबारे ध्यानाकर्षण गराएका हुन् । कसैले के कसैले के भन्दाखेरी त्यही कुरा आएको हो । अहिले नै शून्य समय मानेर हामी बस्दैनौं,’ सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउदले भने ।
तर, नेता रामचन्द्र पौडेल समूह पक्षीय केन्द्रीय सदस्य गुरुराज घिमिरेले जुनसुकै विकल्प प्रयोग गरेर भए पनि भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्नु पर्ने बताउँछन् । त्यसमा दायाँ बायाँ गर्ने प्रस्ताव आफूहरूलाई मान्य नभएको उनको भनाइ छ ।
निषेधाज्ञालाई शून्य समय मान्ने अन्तरकुन्तरमा सुनिएपछि त्यसको कुनै औचित्य नभएको उनको तर्क छ । ‘निषेधाज्ञालाई शून्य समय मान्ने भन्नेमा अन्तरकुन्तरमा त्यो बहस छ । त्यस्तो अवस्थामा जानु औचित्यपूर्ण हुँदैन । निर्धिारित मितिमा अधिवेशन ग¥यौ भने मात्रै हाम्रा लागि श्रेयसकर हुन्छ । सार्वजनिक प्रश्न उठ्नु अगाडि नै काम फत्ते गर्नु राम्रो हुन्छ,’ घिमिरेले भने ।
अमेरिका र भारतले कोभिडकालमै आम निर्वाचन गर्न सक्ने आफूहरूले महाधिवेशन गर्न नसक्ने भन्ने नहुने घिमिरेले बताए । कांग्रेस महाधिवेशनमा मुलुकको तीन प्रतिशत मात्रै जनसंख्या सहभागी हुने भएकाले इच्छा र चाहना अफ्टेरो नभएको तर्क नेताहरूको छ ।
नौ लाख नेपालको कुल जनसंख्याको तीन प्रतिशत मात्रै भएको घिमिरेले बताए । नी पनि पूरै वडा महाधिवेशनमा सहभागी हुने र ठाउँ ठाउँमा सहभागी हुने उनको तर्क छ ।
















भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र गर्याे सकुशल उद्धार
बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया