बुधबार, जेठ ७, २०८२

कांग्रेस १४ औं महाधिवेशन

केन्द्रीय समितिमा निषेधाज्ञालाई शून्य समय मान्ने विकल्प प्रस्तुत

महाधिवेशन मितिमा दायाँ-बायाँ गर्ने प्रस्ताव मान्य नहुने भन्दै पौडेल समूहको विरोध, बैठक आज पनि बस्दै

मेरोन्यूज २०७८ असार ४ गते ११:५४


काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कोभिड-१९ महामारीका कारण मुलुकभर लगाइएको निषेधाज्ञाको समयलाई ‘शून्य समय’ मानेर महाधिवेशनको मिति सार्न सकिने विकल्प प्रस्तुत भएको छ ।

पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरेर भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी सशोधित कार्यतालिका पास गर्न बोलाइएको बैठकमा त्यस्तो विकल्प प्रस्तुत भएको हो ।


केन्द्रीय सदस्य टिएन योगीले बैठकमा धारणा राख्ने क्रममा त्यस्तो विकल्प प्रस्तुत गरेका हुन् । योगीले २०७७ जेठ २ गते सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले निषेधाज्ञालाई शून्य समय मान्ने निर्णय गरेको भन्दै त्यसैलाई आधार मानेर महाधिवेशन सार्न सकिने बताएका थिए । ‘सर्वोच्च अदालतको ‘फूलकोर्ट’ ले २०७७ जेठ २ गते निषेधाज्ञालाई शून्य समय मान्ने फैसला गरेको छ । त्यसैका आधारमा महाधिवेशनको मिति सार्न सकिन्छ । विकल्प नै छैन भन्ने होइन,’ बैठकमा योगीले भने, ‘महाधिवेशन घोषित मितिमा हुनुपर्छ । कोसिस गर्नुपर्छ ।’


सर्वोच्चको ‘फूलकोर्ट’ले बैंकले ब्जाज र सरकारले कर लिँदा निषेधाज्ञाको अवधिलाई शून्य समय मानेर लिन फैसला गरेको थियो । त्यही निर्णयलाई आधार मानेर कांग्रेसले महाधिवेशन गर्दा पनि शून्य समय मान्न सक्ने उनको तर्क हो ।


गत साउनमा पूर्वमन्त्री सुनिलबहादुर थापासँग राप्रपाबाट कांग्रेस प्रवेश गरेर केन्द्रीय सदस्यमा मनोनित भएका योगी अधिवक्ता पनि हुन् ।

केन्द्रीय सदस्य टिएन योगी

संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउदले योगीले त्यो विकल्प केन्द्रीय समितिमा प्रस्तुत गरेको जानकारी दिए । तर, तत्काल त्यो विकल्पबारे नसोचिने उनले बताए ।

‘निर्धारित मितिमै गर्ने भनेर सेड्युल बनाइदैछ । आपतकालिन अवस्थामा हुन सक्ने सम्भावनाबारे ध्यानाकर्षण गराएका हुन् । कसैले के कसैले के भन्दाखेरी त्यही कुरा आएको हो । अहिले नै शून्य समय मानेर हामी बस्दैनौं,’ सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउदले भने ।


तर, नेता रामचन्द्र पौडेल समूह पक्षीय केन्द्रीय सदस्य गुरुराज घिमिरेले जुनसुकै विकल्प प्रयोग गरेर भए पनि भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्नु पर्ने बताउँछन् । त्यसमा दायाँ बायाँ गर्ने प्रस्ताव आफूहरूलाई मान्य नभएको उनको भनाइ छ ।


निषेधाज्ञालाई शून्य समय मान्ने अन्तरकुन्तरमा सुनिएपछि त्यसको कुनै औचित्य नभएको उनको तर्क छ । ‘निषेधाज्ञालाई शून्य समय मान्ने भन्नेमा अन्तरकुन्तरमा त्यो बहस छ । त्यस्तो अवस्थामा जानु औचित्यपूर्ण हुँदैन । निर्धिारित मितिमा अधिवेशन ग¥यौ भने मात्रै हाम्रा लागि श्रेयसकर हुन्छ । सार्वजनिक प्रश्न उठ्नु अगाडि नै काम फत्ते गर्नु राम्रो हुन्छ,’ घिमिरेले भने ।


अमेरिका र भारतले कोभिडकालमै आम निर्वाचन गर्न सक्ने आफूहरूले महाधिवेशन गर्न नसक्ने भन्ने नहुने घिमिरेले बताए । कांग्रेस महाधिवेशनमा मुलुकको तीन प्रतिशत मात्रै जनसंख्या सहभागी हुने भएकाले इच्छा र चाहना अफ्टेरो नभएको तर्क नेताहरूको छ ।
नौ लाख नेपालको कुल जनसंख्याको तीन प्रतिशत मात्रै भएको घिमिरेले बताए । नी पनि पूरै वडा महाधिवेशनमा सहभागी हुने र ठाउँ ठाउँमा सहभागी हुने उनको तर्क छ ।

प्रतिक्रिया