अमेरिकासँग वार्तासँगै युद्ध गर्न तयार हुनु पर्छ : किम जोङ उन

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट वार्ता गरेका उत्तर कोरियाली नेता किम जोङ उनले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनमाथि सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार भएर बस्नु पर्ने बताएका हुन् ।
बिहीबार बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिका वार्तासँगै युद्ध गर्न पनि व्यवहार तरिकारले तयार हुनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘अमेरिकासँग ‘उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’का आधारमा व्यवहार गर्नु पर्छ ।’
उत्तर कोरियाली समाचार संस्था केसीएनएले नेता किमको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘महासचिवले संवाद र संघर्षका लागि तयार रहनु पर्ने कुरामा जोड दिनु भएको छ, विशेष रुपले हाम्रो मुलुकको गरिमाको रक्षा र स्वतन्त्रका विकासका लागि मुलुक तयारी अवस्थामा रहनु पर्ने छ ।’
पछिल्लो समय उत्तर कोरियामा खाद्य संकट देखा परेको विभिन्न समाचार संस्थाहरूमा उल्लेख गरिएको छ । पछिल्लो समय उत्तर कोरियामा महँगी बढेको बताइएको छ ।
दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलो सामाग्रीको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।
















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया