अमेरिकासँग वार्तासँगै युद्ध गर्न तयार हुनु पर्छ : किम जोङ उन

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट वार्ता गरेका उत्तर कोरियाली नेता किम जोङ उनले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनमाथि सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार भएर बस्नु पर्ने बताएका हुन् ।
बिहीबार बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिका वार्तासँगै युद्ध गर्न पनि व्यवहार तरिकारले तयार हुनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘अमेरिकासँग ‘उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’का आधारमा व्यवहार गर्नु पर्छ ।’
उत्तर कोरियाली समाचार संस्था केसीएनएले नेता किमको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘महासचिवले संवाद र संघर्षका लागि तयार रहनु पर्ने कुरामा जोड दिनु भएको छ, विशेष रुपले हाम्रो मुलुकको गरिमाको रक्षा र स्वतन्त्रका विकासका लागि मुलुक तयारी अवस्थामा रहनु पर्ने छ ।’
पछिल्लो समय उत्तर कोरियामा खाद्य संकट देखा परेको विभिन्न समाचार संस्थाहरूमा उल्लेख गरिएको छ । पछिल्लो समय उत्तर कोरियामा महँगी बढेको बताइएको छ ।
दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलो सामाग्रीको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया