एमबिबिएस पढ्न चाहने गरिब परिवारका विद्यार्थीलाई पालिकाले पढाइदिने

काठमाडौँ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका गरिब परिवारका विद्यार्थीलाई सिरिजंगा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिएस पढाउने घोषणा गरेको हो ।
वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाई सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ ।
‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना सर्बोत्कृष्ठ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपांगता परिचय पत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ । यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्बोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्राण्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ ।
यस्तै कक्षा ८ को वार्षिक परीक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया