युरोकपमा आज तीन खेल हुँदै, कुन टिमविरुद्ध कुन खेल्दै

काठमाडौँ । युरोकप फुटबलमा आज शुक्रबार साँझ ६ः४५ बजेदेखि तीन खेलहरू हुने भएको छ । आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो भने स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ भने स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल बराति ९ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ भने चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड भिड्ने छन् । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो भने स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंकविहीन स्कटल्याण्ड पुछारमा रहेको छ । एजेन्सी


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया