जसपा आधिकारिकता विवाद
निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षले गर्यो पार्टी आधिकारिकताको दावी (पत्रसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र देखा परेको विवादमा निर्वाचन आयोगले जेठ ३० गते कुनै निर्णय नदिएपछि उपेन्द्र यादव र डा वावुराम भट्टराई पक्षले आधिकारिकता दावी गरेको छ ।
जसपामा प्रधानमन्त्री केपी ओली लाई साथ दिने/नदिनेमा विवाद भएपछि जसपा विभाजनको अवस्थामा पुगेको हो ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष ओली नेतृत्वको सरकारमा सहभागि भएको छ । जसपामा ओलीलाई साथ दिने÷नदिनेमा विवाद भएपछि महन्थ पक्षले उपेन्द्र पक्षलाई र उपेन्द्र पक्षले महन्थ पक्षलाई अनुशासनको कारवाही गरेर निश्कासन गरेका थिए ।
दुवै पक्षले आयोगमा आफुहरुले गरेको कारवाही आधिकारिक भएको भन्दै निवेदन दिएपछि आयोगलदे वैद्यानिकता दिएको थिएन ।
उपेन्द्र पक्षसँग केन्द्रीय कार्यकारिणी समितिको बहुमत रहेको थियो । त्यस्तै विघटित संसदमा भने महन्थ पक्षको बहुमत थियो।
आयोगले बहुमत पक्षको निर्णय नमानेर आधिकारिकता नदिएको उपेन्द्र पक्षले आरोप लगाउँदै आएको थियो । शुक्रवार उपेन्द्र पक्ष निर्वाचन आयोग आधिकारिकता दावी गदै पुगेको हो ।
असार २ गते यो पक्षले केन्द्रीय कार्याकारिणी समितिको बैठक वसेको थियो ।
नेपालको संविधान, राजनीतिक दल सम्वन्धी ऐन २०७३, राजनीतिक दल सम्वन्धी नियमावली २०७४ , दलको अन्तरिम विद्यान २०७७(स)स) समेतको अनुकुल सञ्चालन गर्न गराउन आवश्यक भएकोले राजनीतिक दल सम्वन्धि एने २०७३ को दफा ४३ को ग बमोजिम आधिकाकिरताको लागि दफा ४४(१) बमोजिमको आधिकारिक निर्णय आवशयक भएकोले दफा ४४ उपदफा २, ३,५,६,७ दफा ४५ , ४६ को उपदफा १, २ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी आधिकारिकतको लागि जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकको निर्णय समेत राखेर दावी पेश गरेको उपेन्द्र पक्षले दावी पेश गरेको छ ।
हेर्नुहोस् निर्वाचन आयोगमा उपेन्द्र पक्षले पेश गरेको निवेदन


















इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया